
१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एनसेलको सेयर खरिद विक्रीबारे छानबिन गर्न माग गरेको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै कर छलीसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएको अवस्थामा भएको सेयर खरिद विक्रीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रचलित कानून बमोजिमको प्रक्रिया अवलम्बन गर्न र नेपालमा वैदेशिक लगानीलाई दुरुत्साहन नहुने पूर्व सावधानीका साथ यथार्थ विवरण अविलम्ब सार्वजनिक गर्न पनि राप्रपाले माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4