+
+

एनसेलले भन्यो– शेयर किनेको कम्पनी प्रतिस्पर्धाबाट छानिएको हो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते ८:४५

२१ मंसिर, काठमाडौं । एनसेलको ८० प्रतिशत शेयर किनेको स्पेक्ट्रलाइट युके लिमिटेड प्रतिस्पर्धाबाट छानिएको एनसेलले जनाएको छ । साथै कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा कानुनको पालना गर्ने पनि एनसेलले जनाएको छ ।

नेपाली मूलका सतिशलाल आचार्यलाई आजियाटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको थियो । अपारदर्शी, शंकास्पद र कर छली गर्ने उद्देश्य अनुरसार सेयर खरिदबिक्री भएको भन्दै त्यसलाई रोकेर छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले बुधबार निर्देशन दिएको थियो ।

आज एनसेलले भने आजियाटाले पारदर्शिता सुनिश्चित गरिएको दाबी गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहेको कम्पनी)मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो ।’

शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र बिक्रेता मार्फत् निर्धारण गरिएको पनि विज्ञप्तिमा लेखिएको छ । एनसेलका अनुसार सहमति भएको सम्झौता ढाँचा अनुसार आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँटको रुपमा प्राप्त गर्ने छ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको भन्दै एनसेलले त्यो कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्ने जनाएको छ ।

एनसेलले आजको दिनसम्म सबै कर दायित्वहरु पालना गरेको भन्दै त्यसको प्रमाणीकरण कर कार्यालयबाट भएको जनाएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा कानुन अनुसार पालना गर्ने पनि जनाएको छ । ‘यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेवार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘

एनसेलले शेयर खरिदबिक्री परिवर्तनकारी भएको भन्दै त्यसले एनसेलको विकासलाई डोर्याउने दाबी गरेको छ ।

साथै एनसेलमा परिवर्तन भइरहेको बेला ग्राहक सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘एक जिम्मेवार कम्पनीको रुपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?