+

आर्सनलसँग अंक दुरी छोट्याउँदै लिभरपुल

२०८० मंसिर  २१ गते ९:३६ २०८० मंसिर २१ गते ९:३६
आर्सनलसँग अंक दुरी छोट्याउँदै लिभरपुल

२१ मंसिर, काठमाडौं । प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुलले गएराति शेफिल्ड युनाइटेडलाई २-० ले पराजित गरेको छ । यो जितपछि लिभरपुलले लिग लिडर आर्सनलसँग अंक दुरी २ मा झारेको छ ।

शेफिल्ड युनाइटेडको मैदानमा भएको खेलमा कप्तान भर्जिल भान डाइकले ३७औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

दोस्रो गोल भने इन्जुरी टाइमको चौथो मिनेटमा डोमिनिक सोबोजलाईले गरे ।

जितपछि १५ खेलबाट लिभरपुलले ३४ अंक जोडेको छ र शीर्ष स्थानको आर्सनलसँग अंक दुरी २ मा झारेको छ । समान खेलबाट ३६ अंकसहित आर्सनल शीर्ष स्थानमा छ ।

१५ खेलमा जम्मा एक खेल जितेको शेफिल्ड युनाइटेड भने ५ अंकसहित पुछारमा छ ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय