
सर्वोच्चको न्यायाधीशमा सिफारिस व्यक्तिहरु ।
२१ मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस व्यक्तिहरुसँग मंसिर २७, २८ र २९ गते सुनुवाइ गर्ने भएको छ ।
बिहीबार बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको सुनुवाइ समिति तोकेको हो । न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।
समितिले यसअघि ९ मंसिरमा सर्वोच्चको न्यायाधीशमा सिफारिस व्यक्तिउपर उजुरी आह्वान गरेको थियो । हालसम्म समितिमा ९ वटा उजुरी परेको छ ।
समितिले उजुरीकर्तासँग मंसिर २४ गते छलफल गर्ने र त्यसको ३ दिनपछि न्यायाधीशमा सिफारिस व्यक्तिहरुको सुनुवाइ गर्ने तय गरेको एक सांसदले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4