+
+

पोर्चुगलमा दूतावास खोल्नुपर्ने कारण माग्न सुनुवाइ समितिले परराष्ट्रमन्त्री बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १२:४५

२१ मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलमा नेपाली दूतावास खोल्नुपर्ने कारणबारे छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको छ ।

यस विषयमा शुक्रबार परराष्ट्र मन्त्रीसँग छलफल गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए ।

बिहीबारको बैठकमा एमाले सांसद महेश बर्तौलाले अहिले पोर्चुगलमा नेपाली दूतावास खोल्नुपर्ने कारणबारे सरकारले जवाफ दिनुपर्ने बताएका थिए । उनले सरकार आर्थिक समस्यामा रहेका बेला नयाँ दूतावास खोल्नु बोझिलो मात्र हुने बताएका थिए ।

यद्यपि सरकारले पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय गर्दै राजदूतमा सनिल नेपाललाई सिफारिससमेत गरिसकेको छ ।

समितिको बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले यस विषयमा परराष्ट्र मन्त्रीसँग छलफल गर्न आवश्यक भए गर्नुपर्ने पनि बताए ।

त्यसपछि समितिले शुक्रबार परराष्ट्रमन्त्रीसँग छलफल गर्ने, प्रस्तावित राजदूतविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने र प्रस्तावित राजदूतको सुनुवाइ गर्ने गरी समय तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?