२१ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरु प्रिती राई र दीपा शाही भारतीय महिला लिग (आईलिग) खेल्न बिहीबार विहान भारततर्फ गएका छन् ।
पहिलो पटक भारतीय लिग खेल्न लागेका मिडफिल्डर प्रिती र फरवार्ड दीपाले किक स्टार्ट नामक क्लबबाट खेल्नेछन् ।
भारतीय महिला लिग डिसेम्बर ८ अर्थात् शुक्रबार सुरु हुँदैछ । किक स्टार्टले पहिलो खेल डिसेम्बर ९ मा होप एफसीसँग खेल्नेछ ।
अघिल्लो संस्करणमा किकस्टार्टबाट नेपाली खेलाडीहरु सरु लिम्बु र रेनुका नगरकोटीले खेलेका थिए । नेपालमा भने प्रितीले एपीएफ र दीपाले त्रिभुवन आर्मी क्लबबाट फुटबल खेल्दै आएका छन् ।
प्रतिक्रिया 4