+

अग्रता जोगाउन नसक्दा टोटनहम वेष्टहमसँग पराजित

२०८० मंसिर  २२ गते ८:२० २०८० मंसिर २२ गते ८:२०
अग्रता जोगाउन नसक्दा टोटनहम वेष्टहमसँग पराजित

२२ मंसिर, काठमाडौं । प्रिमियर लिगमा गएराति भएको खेलमा टोटनहम वेष्टहम युनाइटेडसँग २-१ ले पराजित भएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता लिए पनि टोटनहमले जोगाउन सकेन ।

खेलको ११औं मिनेटमै क्रिस्टियन रोमेरोले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा पछि परेपनि वेष्टहमले दोस्रो हाफमा पुनरागमन गर्दै दुई गोल फर्कायो । जारोड बोवेनले ५२औं मिनेटमा वेष्टहमका लागि बराबरी गोल फर्काए । यस्तै ७४औं मिनेटमा जेम्स वार्ड प्रोवसले वेष्टहमका लागि विजयी गोल गरे ।

जितपछि वेष्टहम १५ खेलबाट २४ अंक जोडेर नवौँ स्थानमा छ । पराजित टोटनहम भने २७ अंकसहित पाँचौ स्थानमै छ ।

लिगकै अर्को खेलमा एभरटनले न्युकासल युनाइटेडलाई ३-० ले पराजित गरेको छ ।

जितपछि १५ खेलबाट १० अंक जोडेको एभरटन रेलिगेसन जोन छाड्दै १७औं स्थानमा उक्लेको छ । एभरटनको यसअघि १० अंक घटाइएको थियो ।

न्युकासल १५ खेलबाट २६ अंकसहित सातौं स्थानमा छ ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय