
२२ मंसिर, काठमाडाैं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखिएको छ । बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सो सेयरमा लगानी गर्न चाहनेबाट शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ ।
शुक्रबारदेखि नै कम्पनीको सेयर खरिदका लागि आवेदन दिन सकिने छ । न्यूनतम प्रतिकित्ता मूल्य २२० रुपैयाँ कायम राख्दै कम्पनीको संस्थापक सेयरमा आवेदन मागिएको हो ।
‘इच्छुक लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ’ क्यापिटलद्वारा जारी सूचनामा भनिएको छ ‘विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।’ प्राप्त आवेदनबाट धेरै मूल्य दिएका आधारमा सेयर बाँडफाँट गरिने क्यापिटलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4