+

कोपा अमेरिकाको ड्र सार्वजनिक

२०८० मंसिर  २२ गते ९:१७ २०८० मंसिर २२ गते ९:१७
कोपा अमेरिकाको ड्र सार्वजनिक

२२ मंसिर, काठमाडौं । अर्को वर्ष आयोजना हुने कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक भएको छ । दक्षिण अमेरिकी महादेशको प्रतियोगिता भएपनि उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु समेत सहभागी हुने यस प्रतियोगिता अमेरिकामा आयोजना हुन लागेको हो ।

प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० र उत्तर र तथा मध्य अमेरिकी क्षेत्रबाट ६ गरी कूल १६ टोलीले सहभागिता जनाउनेछन् ।

उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३-२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका हुन् भने बाँकी दुई टिमको टुङ्गो प्लेअफबाट लाग्नेछ ।

शुक्रबार बिहान सार्वजनिक ड्र अनुसार साविक विजेता तथा विश्व विजेता अर्जेन्टिना समूह ‘ए’ मा छ । यस समूहमा पेरु र चिली पनि छन् । कोनकाकाफ क्षेत्रको एक टिम यो समूहमा पर्नेछन् ।

यस्तै समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् । समूह ‘सी’ मा आयोजक अमेरिका सहित उरुग्वे, पानामा र बोलिभिया छन् ।

समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन् । यस समूहमा पनि कोनकाकाफ क्षेत्रको एक टिम हुनेछ ।

२०२४ जुन २० देखि जुलाई १४ सम्म हुने कोपा अमेरिका अमेरिकाका विभिन्न १४ शहरमा सञ्चालन हुनेछ ।

 

कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय