+
+

बलिउडको पहिलो एरियल-एक्सन फिल्म ‘फाइटर’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते ११:३४

काठमाडौं । ‘पठान’ र ‘वार’जस्ता व्यवसायिक हिट बलिउड फिल्म निर्देशन गरेका सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘फाइटर’को टिजर सार्वजनिक भएको छ । फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुरको शीर्ष भूमिका छ ।

यो एक एक्सन फिल्म हो जसमा दीपिका र ऋतिक स्क्वाड्रन लिडर बनेका छन् । फिल्ममा अनिलले ग्रुप क्याप्टेन शमशेर पठानियाको भूमिका निर्वाह गरेका छन् ।

अनिल अहिले फिल्म ‘एनिमल’का कारण पनि चर्चामा छन् । यसमा रणवीर कपुरको बुवाको भूमिकामा उनलाई निकै रुचाइएको छ । ‘फाइटर’ को बजेट करिब २५० करोड भारु छ र यो फिल्म माघ ११ गते (२५ जनवरी २०२४) मा भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुनेछ ।

‘फाइटर’को कथा लडाकु विमानको वरिपरि घुमेको छ । सन् २०१९ मा ‘वार’ मा काम गर्ने क्रममा सिद्धार्थ आनन्दले यसै विषयमा फिल्म बनाउने सोचेका थिए । ‘फाइटर’ भारतको पहिलो एरियल एक्सन फिल्म भएको बताइएको छ ।

यो फ्रेन्चाइजको पहिलो फिल्म हो । ‘फाइटर’बाट निर्देशक आनन्दले धेरै आशा राखेका छन् । उनले अहिलेसम्म दर्शकले पर्दामा नदेखेको दृश्यलाई ‘फाइटर’मा देखाइने बताए । फिल्मको कथा सिद्धार्थ आनन्दसँगै भारतीय सेनाका पूर्वअधिकृत अधिकृत तथा लेखक रामन छिबले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?