
२३ मंसिर, जनकपुरधाम । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् ।
जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११:४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।
प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4