
२४ मंसिर, काठमाडौं । बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् ।
शनिबार विहानदेखि ज्वरो आएपछि प्रदेश प्रमुख शर्मा काठमाडौंको चाबहिलस्थित हेल्पिङ् ह्याण्ड्स सामुदायिक अस्पतालमा भर्ना भएका उनका प्रमुख स्वकीय सचिव पारसमणि फुयालले जानकारी दिए ।
स्वास्थ्य परीक्षणका क्रममा शर्मालाई निमोनिया पनि देखिएको फुयालले बताए । शर्माको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4