+
+

एनसेल बिक्री छानबिन समितिले थाल्यो काम

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १९:५३

२४ मंसिर, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आइतबारदेखि औपचारिक रुपमा काम थालेको छ ।

सरकारले तोकेको कार्यादेश अनुसार काम थालिएको र एक महिनाभित्र प्रतिवेदन दिने आयोगले जनाएको छ ।

एक विज्ञप्ति जारी गरी आयोगले अध्ययनका दौरान विभिन्न नियामक निकाय, सरकारी अधिकारी, सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने र आवश्यक कागजात माग्ने जनाएको छ । त्यसक्रममा विज्ञ, विभिन्न सरोकारवाला संघसंस्था र व्यक्तिहरुसँग समेत छलफल गर्ने समितिले जनाएको छ ।

समितिले यसबारेमा कुनै जानकारी भए [email protected]  इमेल गर्न समेत आग्रह गरेको छ । सिंहदरवारस्थित सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा समितिले सचिवालय स्थापना गरी काम थालेको हो ।

मलेसियाली कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व गैर आवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेट्रलाइट यूके लिमिटेडलाई ५० मिलियन अमेरिकी डलरमा बिक्री गरेको थियो ।

उक्त कारोबार आकस्मिक र अविश्वसनीय भन्दै प्रश्न उठेपछि सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?