+

नेपाल सुपर लिग २०२३ : पोखरा र काठमाडौंसामु स्थिति मजबुत गर्ने मौका (तथ्यांकसहित)

२०८० मंसिर  २५ गते १०:१४ २०८० मंसिर २५ गते १०:१४
नेपाल सुपर लिग २०२३ : पोखरा र काठमाडौंसामु स्थिति मजबुत गर्ने मौका (तथ्यांकसहित)

२५ मंसिर, काठमाडौं ।  नेपाल सुपर लिग २०२३ मा पोखरा थन्डर्सले सोमबार हुने खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सको सामना गर्दैछ । दशरथ रंगशालामा साँझ ५ बजे हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. यो यसपल्टको २१ र समग्रमा प्रतियोगिताकै ४६ औं खेल हुनेछ ।

२. दुवै टिमसामु जित निकाल्दै क्वालिफायर/इलिमिनेटर प्रवेशका लागि आफ्नो स्थिति बलियो बनाउने मौका हुनेछ ।

३. पोखरासामु जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर पनि छ । यो स्थितिमा पोखरा यसपल्ट लिग तालिकामा दोहोरो अंक छुने पहिलो टिम हुनेछ ।

४. पोखरा चार खेलबाट आठ अंकसहित तेस्रो स्थानमा छ । यी चार खेलमा दुई जित दुई बराबरी रहेको छ । यो सिजन अपराजित तीन टिममध्ये पोखरा पनि एक रहेको छ ।

५. पोखराले एफसी चितवन र स्पोर्टिङ इलामलाई समान १–० ले हराएको थियो । उसले ललितपुर सिटी एफसीसँग गोलरहित र झापा एफसीसँग १–१ को बराबरी खेलेको थियो ।

६. काठमाडौंको चार खेलबाट पाँच अंक छ र पाँचौं स्थानमै छ । यी चार खेलमा एक जित, दुई बराबरी र एक हार रहेको छ ।

७. काठमाडौं आफ्नो पछिल्लो खेलमा बुटवल–लुम्बिनीको हातबाट २–१ ले पराजित भएको थियो । त्यस अगाडि उसले इलामलाई १–० ले हराएपछि चितवनसँग १–१ र झापासँग गोलरहित बराबरी खेलेको थियो ।

८. अहिलेसम्म चितवन र काठमाडौंबीच एक खेल भएको छ । वर्ष ०७८ को त्यो खेल गोलरहित बराबरीमा टुंगेको थियो ।

नेपाल सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय