+
+

मनोवैज्ञानिक थ्रीलर फिल्म ‘जम्प’को काठमाडौं प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १३:२३

काठमाडौं । डेब्यू निर्देशक आशुतोषध्वज कार्कीको फिल्म ‘जम्प’लाई काठमाडौं प्रिमियर गरिएको छ । आइतबार साँझ राजधानीको एक हलमा फिल्मको प्रथम प्रदर्शनी गरियो जहाँ फिल्मकर्मीको उल्लेख्य उपस्थिती रह्यो ।

यसवर्ष ओस्कार अवार्डमा नेपालबाट सिफारिस फिल्म ‘हल्कारा’ फेम्ड अभिनेत्री विनिता थापाको शीर्ष भूमिका रहेको यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । प्रिमियरमा विनितासहित कास्ट एण्ड क्रिउ सहभागि रहे ।

प्रिमियरमा निर्देशक सुवर्ण थापा, कृषा चौलागाई, कलाकार प्रशान्त ताम्राकार, आशान्त शर्मा, दिब्यदेव, पटकथाकार प्रदीप भारद्धाज लगायत पनि देखिए । फिल्मले प्रिमियरमा सुखद प्रतिक्रिया पाएको छ । भिन्न स्टाइलमा फिल्म बनेको भन्दै उनीहरुले हलिउड स्टाइलका फिल्ममा रुचि राख्नेलाई मनपर्ने बताए ।

मनोवैज्ञानिक थ्रीलर जनरामा बनेको फिल्मले एथ्लेटिक्स खेलाडीमार्फत जीवनलाई हेर्छ । सफलता पाउन संघर्ष गरिरहेको शीर्ष पात्रले दैवीशक्तिको सहारा लिएपछि कथामा आउने घुम्ती यसको रोचक पक्ष हो ।

बलिउड फिल्म ‘तुम्बाड’ तथा ‘रन लोला रन’ शैलीका फिल्म मनपराउनेलाई यो फिल्म रोजाइ हुने प्रिमियरमा सहभागि एक फिल्म समीक्षकले बताए । प्रिमियरपछि बोल्दै निर्देशक कार्कीले प्राप्त प्रतिक्रियाबाट आफू उत्साहित रहेको बताए ।

विज्ञापन फिल्म निर्माण गर्दै आएका उनले आफू अर्को एक फिचरको तयारीमा रहेको समेत बताए । कम बजेटमा यत्तिको फिल्म बन्नु आफै उपलब्धिमुलक रहेको उनको भनाई छ ।

यो फिल्म अहिले बनिरहेका ठूलो लगानीका फिल्मभन्दा दुई तिहाइ कम बजेटमा बनेको बताइएको छ । युवा दर्शकलाई फिल्म रुचिकर हुने बताइन्छ ।

फिल्ममा विनितासहित सरोज श्रेष्ठ, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, एलिस विष्ट र रितेश राजकर्णिकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?