+
+

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपा नेपालको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १८:१५

२५ मंसिर, काठमाडौं। जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष मा. उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदबार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको पुनः बैठक बस्ने निर्णय गरेको छ । यसका साथै, कार्यकारिणी समितिले यही पुस २५, २६ र २७ गते जसपा नेपालको राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।

जसपा नेपालले सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुद्दढिकरण अभियानको समिक्षा गर्दै उक्त अभियानलाई पुस मसान्तसम्म थप प्रभावकारी ढंगले निरन्तरता दिने निर्णय गरेको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्दै जसपा नेपालले यसबीच संचालन गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण अभियान प्रभावकारी रहेको निष्कर्ष समेत निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?