+

यू–१९ विश्वकपमा नेपाल कठिन समूहमा, पहिलो खेल न्यूजिल्याण्डसँग

२०८० मंसिर  २५ गते २०:४६ २०८० मंसिर २५ गते २०:४६
यू–१९ विश्वकपमा नेपाल कठिन समूहमा, पहिलो खेल न्यूजिल्याण्डसँग

२५ मंसिर, काठमाडौं । यू–१९ विश्वकप क्रिकेटमा नेपाल टेष्ट मान्यताप्राप्त देशहरुसँग कठिन समूहमा परेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा समूह डीमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्यूजिल्याण्ड परेका छन् ।

समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका छन् भने समूह बीमा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इण्डिज र स्कटल्याण्ड परेका छन् । यसैगरी समूह सीमा अष्ट्रेलिया र श्रीलंकासँगै जिम्बाब्वे र नामिबिया परेका छन् ।

दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल २१ जनवरीमा न्यूजिल्याण्डसँग खेल्नेछ । २४ जनवरीमा पाकिस्तान र २६ जनवरीमा अफगानिस्तानसँग खेल हुनेछ ।

आफ्नो समूहको शीर्ष तीनमा परे नेपालले सुपर ६ मा स्थान बनाउनेछ । समूह ए र समूह डीको ६ टोलबीच सुपर ६ हुनेछ । यस्तै समूह बी र सीको पनि शीर्ष ३–३ टोलीको सुपर ६ हुनेछ ।

चौथो टोलीले पनि चौथो स्थानको लागि प्ले अफ खेल्न पाउनेछ ।

आईसीसी क्रिकेट यु-१९ विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय