
२६ मंसिर, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत सेयर बोनस र १० प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले १४ करोड १७ लाख रुपैयाँ बराबरको सेयर बोनस र २८ करोड ३५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरणको निर्णय गरेको हो । यो निर्णय आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । गत आर्थिक वर्ष कम्पनीले २२ प्रतिशत सेयर बोनस र ३.२६ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । सोमबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३६ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4