२६ मंसिर, काठमाडौँ । ओलम्पिक सोलिडारिटीअन्तर्गत हक्कीको डेभलपमेन्ट अफ नेसनल स्पोर्ट्स सिस्टम (डिएनएसएस लेभल टु कोर्स) अन्तर्गत एक हप्ता चलेको प्रशिक्षण प्रशिक्षण मंगलबार सम्पन्न भएको छ ।
नेपाल हक्की सङ्घले नेपाल ओलम्पिक कमिटी ९एनओसी०को सिफरिसपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीअन्तर्गतको ओलम्पिक सोलिडारिटीअन्तर्गत हक्कीका तीन प्रशिक्षण कार्यक्रमको आयोजना भएका थिए । पाकिस्तानका जाहिद अलीले प्रशिक्षण दिएका हुन् ।
यसअघि, गत असारमा ओलम्पिक सोलिडारिटीको सहयोग र अन्तर्राष्ट्रिय हकी महासंघको प्राविधिक सहयोगमा नेपाल हक्की संघले ३३ जना प्रशिक्षक सहभागी डिएनएसएस लेभल वन कोर्स सकाएको थियो ।
गत कात्तिकमा विदेशबाट निर्णायक झिकाउनुपर्ने बाध्यतालाई कम गर्न ३८ जनालाई एफआइएजए-एएचएफ नेपाल अम्पायरिङ कोर्सको आयोजना पनि गरिएको थियो ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले समापन कार्यक्रममा ७० वर्ष पुरानो नेपाल हक्की संघ विगतमा खासै सक्रिय नभएपनि हाल हकीको विकास र प्रवद्र्धनमा संघले राम्रो कार्य गरिरहेको मध्यनजर गरी ओलम्पिक कमिटीले हकी संघलाई यो ओलम्पिक सोलिडारिडी कार्यक्रम सिफारिस बताए ।
यसैगरी नेपाल हक्की संघका अध्यक्ष अनिल शर्माले ओलम्पिक सोलिडारिटीअन्तर्गतका तीनै कार्यक्रम प्रभावकारी भएको र यस कार्यक्रमबाट उत्पादन भएका दक्ष जनशक्तिसँग मिलेर नेपाली हकीको विकास र प्रवद्र्धनमा काम गर्ने भनाई राखे ।
नेपाल हक्की संघले घरेलु हकीको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्व प्रमुख प्रशिक्षक अशोक पाण्डेलाई सम्मान पनि गरेको छ ।
नेपाल हक्की संघले मङ्गलबार वार्षिक क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।जसअनुरुप डिएनएसएस लेभल टु प्रशिक्षक प्रशिक्षणबाहेक अन्य सात हकी प्रतियोगिता पनि सामेल छन् ।
प्रतिक्रिया 4