+
+

ललितपुरमा युवकलाई गोली हानेको ठाउँमा प्रहरीले भेट्यो खिया लागेको पेस्तोल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते २०:४४

२६ मंसिर, काठमाडौं । प्रहरीले मंगलबार गोली हानेर पक्राउ गरेको युवक अविनाश राईको साथबाट ४९० ग्राम आइस ड्रग एमफेटामिन बरामद भएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार निकै महँगो र नसालु मानिने एमफेटामिनसहित उदयपुरका राई पक्राउ परेका छन् ।

ललितपुरको झम्सीखेलमा राई रहेको स्थानमा प्रहरी पुग्ने बित्तिकै उनले प्रहरी टोलीमाथि आक्रमण गरेको रेग्मीले दाबी गरे । त्यसक्रममा नियन्त्रणमा लिन गोली चलाएको उनको भनाइ छ ।

प्रहरीको गोली राईको दाहिने खुट्टामा लागेको छ । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली चलाएर राईलाई पक्राउ गरेको ठाउँमा प्रहरीले खिया लागेको पेस्तोल र त्यसमा लाग्ने केही राउण्ड गोली भेटेको जनाएको छ ।

पक्राउ परेका राई लागूऔषधको मुख्य कारोबारी भएको दाबी प्रहरीको छ । लागूऔषध एमफिटामिन विशेषतः विभिन्न ड्रग पार्टीहरुमा प्रयोग हुँदै आएको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १५ कात्तिकमा पनि काठमाडौंको गोठाटारमा गोली चलाएको थियो । त्यतिबेला पनि लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको प्रहरीको दाबी थियो ।

तस्वीर  : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?