
२६ मंसिर, काठमाडौं । भारतीय जनता पार्टी (बीजेपी)ले अर्को अप्रत्यासित निर्णय गर्दै भजनलाल शर्मालाई राजस्थानको मुख्यमन्त्री चुनेको छ ।
राजस्थानको १९९ सिटमध्ये बीजेपीले ११५ जितेको छ । चुनाव जितेपछि बसुन्धरा राजे सिंधिया सहितका नेताहरु मुख्यमन्त्रीको दाबेदार थिए । तर सबै आकांक्षीलाई उछिन्दै पहिलो पटक विधायक चुनिएका शर्मा मुख्यमन्त्री बन्ने भएका हुन् ।
राजनाथ सिंहको उपस्थितिमा बसेको बीजेपी विधायकहरुको बैठकमा पूर्व मुख्यमन्त्री बसुन्धरा राजेले शर्माको नाम प्रस्ताव गरेका थिए, जसलाई हलले अनुमोदन गरेको छ । सिंहले भने, ‘म आश्वस्त छु कि भजनलाल शर्माको नेतृत्वमा राजस्थान तीव्र गतिमा विकासको पथमा अगाडि बढ्ने छ ।’
भजनलाल भाजपाको राजस्थान समितिको चार कार्यकाल महासचिव भइसकेका व्यक्ति हुन् ।
राजस्थानमा दिया सिंह र प्रेमचन्द बेरवा दुई उपमुख्यमन्त्री हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
चुनावअघि राजस्थानमा कंग्रेस पार्टीका अशोक गेलट मुख्यमन्त्री थिए । तर यसपटक कांग्रेसले धेरै सिटमा हार व्यहोरेको छ ।
प्रतिक्रिया 4