
काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले दीक्षान्त समारोह गरेको छ । समारोहमा स्तातक तह उत्तीर्ण ७८२ जना विद्यार्थी दीक्षित भएका छन् । यस्तै स्नातकोत्तर तहअन्तर्गत एमएस्स आईटी र एप्लाइड सेक्युरिटी विषय उत्तीर्ण ७२ जना विद्यार्थी दीक्षित भए ।
यस वर्ष लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयको छात्रवृत्ति सन्देश तिम्सिना र आशिष आचार्यलाई प्रदान गरियो । यस्तै आईएनजी छात्रवृत्तिका लागि रोदन महर्जन र मोहम्मद तौसिफ रेजा छानिए ।
आईएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले दीक्षित विद्यार्थीहरुलाई बधाई दिंदै उनीहरुको लगनशीलता र समर्पणको प्रशंसा गरे ।
लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी र प्राध्यापक नोना म्याकडफल लगायतले पनि विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4