
२६ मंसिर, धनगढी । बैतडीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । सुर्नया गाउँपालिका–३ बिजुल गाउँकी ५७ वर्षीया हरिना विष्टको मंगलबार दिउँसो धारिलो हतियार प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।
बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले स्थानीय २७ वर्षका तेजबहादुर विष्टले धारिलो हतियार प्रहार गर्दा हरिनाको मृत्यु भएको बताए । प्रहरीले तेजबहादुरलाई मंगलबार दिउँसो नै पक्राउ गरेको छ ।
चन्दले मृतक महिलाका दुई वटा बाख्रा समेत मारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4