२६ मंसिर, काठमाडौं । स्नोल्यान्डले दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार विजयी भएको छ ।
नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा भइरहेको प्रतियोगितामा स्नोल्यान्डले बौद्ध ‘बी’ लाई ९५–६० ले पराजित गर्यो । स्नोल्यान्डका विजयी गुरुङले २७ अंक योगदान गरे ।
पहिलो क्वाटरमा स्नोल्यान्ड १६–२२ ले पछि गरेको थियो । तर बाँकीका ३ क्वाटरमा स्नोल्यान्डले क्रमशः ३१–१२, २७–८ र २१–१८ को अग्रता बनाउदै जित सुनिश्चित गर्यो ।
पुरुषकै अर्को खेलमा तेन्जिङ शेर्पाको ३३ अंक सहयोगमा बुढानीलकण्ठले बलर्सलाई ११९–९७ ले हरायो । चारै क्वाटरमा अग्रता लिएको बुढानीलकण्ठले क्रमशः २७–१७, ४३–३३, २९–२८ र ३०–१९ को प्रदर्शन गर्यो ।
प्रतिक्रिया 4