+
+

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सूचीकृत, न्यूनतम ‘ओपनिङ रेञ्ज’ ७६ रुपैयाँ ८१ पैसा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १२:५६

मुक्तिनाथ कृषि कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता साधारण सेयर बजारमा सूचीकृत भएको हो । कम्पनीको सेयरको भोलि बिहीबारदेखि कारोबार सुरु हुने छ ।

मुक्तिनाथ क्यापिटलले कम्पनीको आरटीएस सेवा प्रदान गर्दछ । नेप्सेले कम्पनीलाई ‘एमकेसीएल’ सांकेतिक कोड प्रदान गरेको छ । भोलि बजारमा कम्पनीको कारोबारका लागि ७६ रुपैयाँ ८१ पैसादेखि २३० रुपैयाँ ४३ पैसासम्मको रेञ्ज प्रदान गरिएको छ ।

योबीचको जुनसुकै मूल्यमा पहिलो कारोबार भइसकेपछि सो मूल्यबाट १० प्रतिशतसम्म घट्न वा बढ्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?