२७ मंसिर, काठमाडौं। पवन प्रकृति विद्यालयले ललितपुर महालक्ष्मी नगरपालिका स्तरीय चौँथो राष्ट्रपति रनिङ्ग शिल्ड उपाधी जितेको छ ।
नगरभित्र रहेका बत्तीस विद्यालयका १४५० विद्यार्थी सहभागी प्रतियोगिता मङ्सिर २४ गते सुरु भई तीन दिन सम्म चलेको थियो ।
प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट, कबड्डी र भलिबल खेल समावेश थिए ।
विजयी पवन प्रकृति स्कुलले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदक प्राप्त गर्दै अब्बल सावित भयो भने महालक्ष्मी मा.वि. र सिद्धिमङ्गल मा.वि. क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल रहे ।
विजयी विद्यार्थी एवम् विद्यालयलाई संघीय साम्सद प्रेम महर्जन र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले शिल्ड, मेडल, प्रमाण पत्र र नगद पुरस्कारसहित सम्मान गरेका थिए।
प्रतिक्रिया 4