
२८ मंसिर, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश परिवर्तन भएको छ । २४ मंसिरमा बसेको साधारणसभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदसहित कुल २० प्रतिशत लाभांश घोषणा गरेको थियो ।
नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने बेलामा सो प्रस्तावमाथि छलफल हुँदा लाभांश संशोधन गर्नुपर्ने देखिएकाले संशोधन गरिएको लघुवित्तले जनाएको छ ।
संशोधित लाभांशअनुसार अब लघुवित्तले चुक्ता पूँजीको १४.२५ प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि मात्रै ०.७५ प्रतिशत नगदसहित कुल १५ प्रतिशत लाभांश दिने भएको छ ।
कुल ४९ करोड ९७ लाख रुपैयाँ बराबरको लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4