+
+

विद्यालयमा प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्म महिला

अनिल खत्री अनिल खत्री
२०८० मंसिर २८ गते १४:२१

२८ मंसिर, गुल्मी । जिल्लाको रेसुंगा नगरपालिका–३ बेहोरेस्थित पृथ्वी प्राथिमक विद्यालयमा सबै ५ जना शिक्षक र एक जना कार्यालय सहयोगी महिला छन् ।

२०४५ सालमा स्थापित विद्यालयमा दुई वर्षदेखि विष्णुमाया पोखरेल प्रधानाध्यापक छिन् । त्यहाँ ३ जना स्थायी दरबन्दी, एक जना बालविकास शिक्षक र एक जना शिक्षक र कार्यालय सहयोगी निजी स्रोतका छन् ।

विद्यालय व्यवस्थापन समितिले हरेक कुरामा सहयोग गरेकाले सजिलो भएको प्रधानाध्यापक पोखरेलले बताइन् ।

विद्यालयलाई सुधार्न हरेक कुरामा छलफल गरेरै आगाडडि बढ्दै आएको पोखरेलले बताइन । ‘सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुहुन्छ’, उनले भनिन्, ‘विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि कुरा हुन्छ ।’

विद्यालयमा हाल ३८ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतमान कुँवरले शैक्षिक गुणस्तरमा आफ्नो विद्यलायले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बताए । ‘शिक्षकहरुले आमाको भूमिका निभाएर पठनपाठन गर्नुभएको छ’, उनले भने ।

विद्यार्थी गाउँमै राख्न र राम्रो शिक्षा प्रदान गर्न लागि परेपनि बसाइँसराइले गर्दा गाउँमा बस्नेहरु घट्दै गएको खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?