
२८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले मदिराको विज्ञापन सामग्री राख्ने सवारी साधनलाई जरिवाना तिराएको छ ।
अनुगमनको क्रममा काठमाडौं-१६ स्थित सोह्रखुट्टेमा बा १७ च ५१९४ नम्बरको गाडीमा सिल्भर वक मदिराको विज्ञापन सामग्री राखेर चलाएको पाइएपछि जरिवाना तिराइएको महानगर प्रहरीले जनाएको छ । महानगरका अनुसार सो गाडीलाई जरिवानाबापत ५१ हजार तिराइएको हो ।
महानगर प्रहरीका कार्यावहाक प्रमुख विष्णु जोशीले नियम विपरीत कुनै पनि माध्यमबाट विज्ञापन गर्न नपाइने बताए ।
‘महानगरका कर्मचारी, प्रहरी सबै जना अनुगमन मै हुन्छौं । मदिराको विज्ञापन कुनैपनि माध्यमबाट गर्न पाइँदैन, अन्य प्रतिबन्धित पदार्थको विज्ञापन गरेपनि हामी कारबाही गर्छौं,’ जोशीले अनलाइनखबरसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4