+

कृष्णा र विपना एनएसआरए एनिभर्सरी कप स्क्वासको फाइनलमा

२०८० मंसिर  २९ गते १४:२८ २०८० मंसिर २९ गते १४:२८
कृष्णा र विपना एनएसआरए एनिभर्सरी कप स्क्वासको फाइनलमा

२९ मंसिर, काठमाडौँ । नेपालका दुई शीर्ष महिला खेलाडी कृष्णा थापा र विपना ब्लोन एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत महिला एकलको फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघका भवनमा भइरहेको प्रतियोगितामा विपनाले स्वस्थानी श्रेष्ठलाई ११-४, ११-५, ६-११, ११-६ ले हराँदै फाइनलमा पुगिन् ।यस्तै अर्को सेमिफाइनलमा कृष्णाले भावना सुनुवार लाई सोझो सेटमा ११-८, ११-३, ११-४ ले पराजित गर्दै विपनासँग उपाधि भेट पक्का गरिन् ।

यसैगरी गर्ल्स यू १९ को फाइनल साक्षी सुनुवार र रेनेसा महर्जनबीच हुनेछ । पहिलो सेमिफाइनलमा साक्षीले रचना प्रजालाई ११-३, ११-०, ११-३ तथा दोस्रो सेमिफाइनलमा रेनेसाले अर्पणा प्रजालाई ११-८, ११-२, ११-४ ले हराइन् ।

पुरुष एकलतर्फ अरहान्तकेशर सिंह र अमिर ब्लोन यसअ३ नै फाइनल पुगिसकेका छन् ।

नेपाल स्क्वास र्‍याकेट संघ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभर्सरी कप स्क्वास भएको हो । एक्स स्टेपको प्रायोजन रहेको प्रतियोगिताको फाइनल खेल शनावर हुनेछ ।

स्क्वास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय