३० मंसिर, काठमाडौं । प्रिमियर लिगमा शुक्रबार राtl भएको एक मात्र खेलमा टोटनहमले नटिङहम फरेस्टलाई २-० ले पराजित गरेको छ ।
रिचर्लिसन र डेजान कुलुसेभ्स्कीको गोलमा दश खेलाडीमा समेटिएपनि टोटनहमले जितसहित तीन गोल गर्दै अग्रता दिलाएका थिए । त्यसका लागि डेजान कुलुसेभ्स्कीले पास मिलाएका थिए । उनै कुलुसेभ्स्कीले ६५औं मिनेटमा टोटनहमका लागि दोस्रो गोल गरे ।
५८औं मिनेटमा फरेस्टका एन्टोनी एलांगाले गोल गरेपछि भिएआरले मान्यता दिएन ।
७०औं मिनेटमा यभेस बिसोउमाले रातो कार्ड पाएपछि टोटनहम दश खेलाडीमा झरेको थियो । तर त्यसको फाइदा नटिङहम फरेस्टले उठाउन सकेन ।
जितपछि टोटनहमको १७ खेलबाट ३३ अंक भएको छ र पाँचौ स्थानमै छ । चौथो स्थानको म्यानचेष्टर सिटी समान अंक भएपनि टोटनहम गोल अन्तरमा पछि छ ।
नटिङहम फरेस्ट १७ खेलबाट १४ अंकसहित १६औं स्थानमा छ ।
प्रतिक्रिया 4