
३० मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन् ।
शनिबार तेह्रथुमको आठराई गाउँपालिकामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकषिर्त नरहेको पाएको बताएका हुन् ।
एमालेप्रति जनताको क्रेज रहेका बताउँदै उनले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको दाबीसमेत गरे ।
एमाले पहिचान विरोधी नभएको प्रष्टीकरणसमेत दिए ।
उनले अर्काे प्रसंगमा वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको आरोपसमेत लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4