+
+
सूर्यदर्शन सहकारी ठगीः :

जीबी राई र महेन्द्र भोटेसहित १८ जनाविरुद्ध रेड कर्नर नोटिसको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते १८:३२

३० मंसिर, पोखरा । नेपाल प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका पदाधिकारी गीतेन्द्र (जीबी) राई, शिवबहादुर गुरुङ (महेन्द्र भोटे)सहित १८ जनाविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ ।

सहकारीका बचतकर्ताले आफूहरुको करिब सवा अर्ब रकम हिनामिना गरेको भन्दै ठगीमा उजुरी दिएपछि फरार जीबी, महेन्द्रलगायतलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) बाट रेडकर्नर नोटिस जाररी गर्ने तयारी भएको हो ।

‘रेड कर्नर नोटिस जारी गर्न आइतबार प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा पठाउँछौं । त्यहाँबाट बाँकी प्रक्रिया अगाडि बढ्छ’, कास्की प्रहरी प्रमुख मोहन थापाले भने, ‘फरार १८ जनाको खोजी गर्न सीआईबीलाई पनि भनेका थियौं । उनीहरु देश बाहिर भएको जानकारी पछि रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढाएका हौं ।’

सहकारीका वचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई भने कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेकामा रम्तेलमात्र पक्राउ परेका थिए । बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले २४ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो । तर सूर्यदर्शनका एक जनाबाहेक अरु पदाधिकारी पक्राउ परेनन् ।

शुक्रबार जिल्ला अदालत कास्कीबाट पनि फरार १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तयसपछि प्रहरीले उनीहरुको खोजीका लागि रेडकर्नर नोटिस जारी गर्न लागेको हो ।

प्रहरीले शूर्यदर्शन सहकारीका वचतकर्ताको रकम हिनामिनाका विषयमा लामो अनुसन्धानपछि १६ असोजमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो भने सरकारी वकिलको कार्यालयले असोज १९ गते जिल्ला अदालतमा मुद्धा दर्ता गराइसकेको छ ।

जिल्ला अदातलमा दर्ता भएको मुद्धामा शूर्यदर्शनका पदाधिकारीले वचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनबाट जीबी राइ समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ । सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निश्कर्ष छ ।

शूर्यदर्शनका पदाधिकारीविरुद्ध एक हजार ३६ वचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, कोषाध्यक्ष कुमार रम्तेल, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् ।

लेखा अधिकृत सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङविरुद्ध पनि सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले फरार छन् । यीमध्ये महेन्द्र भोटे र आइस्मा तामाङ कास्कीको मादी गाउँपालिका–६ भाचोकका बासिन्दा हुन् भने ललिता तामाङ र सुरज श्रेष्ठ लेखनाथ, बुद्धि गुरूङ मादी गाउँपालिका–९ मिजुरेडाँडाका हुन् भने बाँकी सबै कास्की बाहिरका हुन् ।

जीबी समूहले २०६५ सालमा पोखरामा खोलेको शूर्यदर्शन सहकारीबाट सुरुदेखि नै रकम अन्य क्षेत्रमा लगाउँदै आएको पाइएको छ ।

राजनीतिक संरक्षणमा गुण्डागर्दी पृष्ठभूमिबाट व्यवसाय हुँदै सक्रिया राजनीतिमा छिरेका महेन्द्र भोटेले पनि साढे ८ करोड रुपैयाँ लगेको देखिएको छ ।

जीबी र महेन्द्र भोटेले पोखरामा रेस्टुरेन्ट, होटल, डिस्कोलगायतमा लगानी गरेका छन् भने जीवी–महेन्द्र सहकार्यमै फेरि अर्को डिस्को खोल्ने तयारीमा थिए । जीबी राई समूहले पोखराको सूर्य दर्शन सहकारीबाटै नेटवर्किङ कम्पनीदेखि सञ्चार माध्यममा लगानी गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?