
३० मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्यामा जन्मकैदको सजाय सुनाइएका लोकतान्त्रिक समाजवादी पार्टीका नेता अभिराम शर्माले जिल्ला अदालत महोत्तरीको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
मधेश आन्दोलनका क्रममा महोत्तरीमा भएको असई बिकको हत्यामा संलग्नको अभियोगमा उनलाई बिहीबार जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
शनिबार विज्ञप्ति जारी गरी मधेश प्रदेशसभा सदस्य शर्माले मधेश आन्दोलनमा न्यायको आवाज उठाउनेहरुलाई झुट्टा मुद्दामा जेल हाल्न खोजिएको आरोप लगाए । ‘न्यायको आवाज उठाएकाहरु आन्दोलनमा सरिक भएकाहरुविरुद्ध लगाइएका झुटा मुद्दा फैसला गर्ने, गिरफ्तार गर्ने, यातना दिने, जेल हाल्ने कार्य गर्न खोजिदैछ’, उनले भनेका छन् ।
राज्यका सम्पूर्ण अंग नश्लीय चरित्रको भएको भन्दै उनले त्यसको परिवर्तनका लागि आफूहरु आन्दोलनमै रहेको बताए । परिवर्तनका लागि आन्दोलनमा लागेकाहरुलाई निरुत्साहित गर्न खोजिएको भन्दै शर्माले आफू हार मान्नेवाला नभएको पनि बताएका छन् ।
उनले आफूलाई प्रदेशसभामा दुई दुई पटक जिताउने मतदातालाई धन्यवाद दिँदै धैयै धारण गर्न आग्रह गरेका छन् ।
हेर्नुहोस् अभिराम शर्माको विज्ञप्ति
प्रतिक्रिया 4