+
+

मध्यपहाडी यात्राको अन्तिम दिन ओली पुगे हेलिकप्टरमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १२:०९

१ पुस, काठमाडौं । एमालेको झुलाघाट-चिवाभन्ज्याङ मध्यपहाडी संकल्पयात्राको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताले हेलिकप्टर प्रयोग गरेका छन् ।

पाँचथर सदरमुकामबाट उत्तरी सीमास्थित चिवाभन्ज्याङ पुग्ने क्रममा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताले हेलिकप्टर प्रयोग गरेका हुन् ।

काठमाडौंबाट मगाइएको हेलिकप्टरमा पहिलो खेप वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेता चिवाभन्ज्याङ पुगे । दोस्रो खेपमा ओली र महासचिव पोखरेल उडेको स्थानीय सन्चारकर्मी दिपक बोहराले जानकारी दिए ।

संकल्पयात्राभरि गाडी प्रयोग गरेका ओली र नेताले अन्तिम दिन हेलिकप्टरमा उडेका हुन् । कार्यक्रम समापन गरेर ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?