
काठमाडौं । कवि गीलु रातोस (गणेशकुमार राई)को कवितासंग्रह ‘सिलीदुङ’ सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार आयोजित समारोहमा राजनीतिक विश्लेषक आहुति, राजनीतिकर्मी माइला लामा, लेखक प्रणिका कोयु र कवि रातोसले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे ।
कृति सार्वजनिक कार्यक्रमपछि भएको विमर्शमा विश्लेषक आहुतिले कवि रातोस राजनीतिक व्यक्ति भए पनि रचना काव्यात्मक भएको बताए । ‘हरेक सिर्जनकर्ताले सिर्जना गर्नुपछाडि कि त राजनीतिक कि त विचारधाराको प्रभाव रहन्छ । त्यसभित्र काव्यिक कति छ भन्ने कुरा हो, कवि काव्यिक छन् ।’ कवि रातोसले काव्यिक सिर्जना गरेर आफ्नो पुस्ताभित्र सफल कविको रुपमा आफूलाई उभ्याएको बताए ।
लेखक प्रणिका कोयुले कवि रातोसले कवितामार्फत पहिचानको लागि भएको क्रान्ति, प्राप्ति र अडानलाई कविताबाट देखाएको बताइन् । ‘क्रान्तिपछि भएको राजनीतिक परिवर्तनले पहिचान पक्षधरले गरेको प्राप्ति, सम्झौता, विचलन, प्राप्ति र अडान छ कवितामा,’ उनले भनिन् ।
राजनीतिकर्मी माइला लामाले जनयुद्धमा भेटिएका ‘बसन्त’ जिज्ञासु र क्रान्तियोद्धाले कवि गिलु रातोसको पहिचानमा कविता संग्रह ल्याएर एउटा उज्यालो थपिएको बताए ।
‘सिलीदुङ’ कवितसंग्रहमा ४४ वटा छोटा कविता समेटिएका छन् ।
प्रतिक्रिया 4