+

प्रधानमन्त्री कपका लागि कर्णालीको टिम घोषणा

२०८० पुष  २ गते १३:३९ २०८० पुष २ गते १३:३९
प्रधानमन्त्री कपका लागि कर्णालीको टिम घोषणा

२ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताका लागि कर्णाली प्रदेशले किरणकुमारी कुँवरको कप्तानीमा टिम घोषणा गरेको छ ।

कर्णालीले सोमबार प्रधानमन्त्री कप खेल्ने १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

यस संस्करणको महिला प्रधानमन्त्री कप पुस ५ देखि १७ गतेसम्म मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र १ विभागीय टिम (एपीएफ) गरि ८ टिमले सहभागिता जनाउने छन् ।

पहिलो पटक राउन्ड रोबिन प्रणालीमा हुन लागेको प्रतियोगितामा सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।

प्रतियोगिताका शीर्ष ४ टिमले प्लेअफ खेल्नेछन् ।

कर्णालीको टिम

किरणकुमारी कुँवर (कप्तान), अन्जु गुरुङ, बिना थापा, तिर्सना विश्वकर्मा, अञ्जिला थापा, रमा बुढाथोकी, यमुना थारु, निकिता धमला, निलम शाही, विमला बुढाथोकी, श्रुती बुढा, राशी खड्का, गौरी बोहोरा र करिश्मा शाही ।

प्रधानमन्त्री कप महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय