
२ पुस, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको सेयरमा इन्साइडर ट्रेडिङ भएको भन्दै धितोपत्र बोर्डमा उजुरी परेको छ । सेयर लगानीकर्ता कुमारबहादुर आचार्यले कम्पनीका उच्च व्यवस्थापक तथा सञ्चालकमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै बोर्डमा उजुरी दिएका हुन् ।
एलआईसीले १४ भदौ २०७९ मा ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरे पनि सो मितिभन्दा २ महिना अघि नै कम्पनीको सेयर मूल्य ३२ प्रतिशतले बढाएर १४ सय रुपैयाँसम्म पुर्याइएको निवेदनमा उल्लेख छ ।
कम्पनीले १५ असार २०८० मा बीमा प्राधिकरणबाट हकप्रद सेयर निष्कासनको अनुमति पाए पनि साढे ३ महिनासम्म सो सूचना लुकाएको र धितोपत्र बोर्डमा २९ असोज २०८० मा मात्रै हकप्रदको लागि स्वीकृति माग्दै आवेदन दिएको उजुरीकर्ताको भनाइ छ ।
‘बोर्डमा निवेदन दिएपछि पनि कम्पनीले स्वीकृति पाउनका लागि ताकेता नगरेको र कम्पनीका व्यवस्थापक तथा सञ्चालकले चलखेल गर्ने उद्देश्यले हकप्रद सेयरको अनुमति बोकेर ब्रोकर कम्पनीमा धाउँदै सेयर बजारमा मूल्य बढाउने चलखेल गरी इन्साइडर ट्रेडिङ गरेको देखिएको निवेदकको दाबी छ ।
प्रतिक्रिया 4