
२ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सेवा खोस्ने निर्णय गरेसँगै आन्दोलित नेपाल एयरलाइन्स (नेवानि) का कर्मचारीले आन्दोलन स्थगित गरेका छन् ।
आइतबार नेपाल वायुसेवा निगमबाट सो सेवा खोस्नेबारे नेपाल सरकारले कुनै छलफल नगरेको र सो सेवा निगमकै हिस्सामा रहेको ब्यहोराको पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त भएसँगै निगमका कर्मचारीले झण्डै दुई साता लामो आन्दोलन स्थगित गरेका हुन् ।
पर्यटन मन्त्री सुदन किरातीले समेत आन्दोलन रोक्न निर्देशन दिएका थिए । कर्मचारी युनियनहरुले निगमलाई धरासायी बनाउन राज्यकै निकायहरु सक्रिय रहेको भन्दै दुःख व्यक्त समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4