
३ पुस, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
हुलाकी सडकखण्ड अन्तरगत कैलारी गाउँपालिका–७ को बर्का बसन्तामा बा ८१ प ४२९८ र से ५ प ४७७४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलारी गाउँपालिका–५ का स्थानीय चौधरी बा ८१ प ४२९८ नम्बरको मोटरसाइकलका चालक हुन् । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका से ५ प ४७७४ नम्बरको मोटरसाइकल चालक भजनी नगरपालिका–५ बस्ने २६ वर्षीय बिरबहादुर चौधरी र पछाडि सवार २८ वर्षीय राजेश डगौराको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4