
३ पुस, काठमाडौं । पछिल्लो समय सेयर बजारमा माइक्रोफाइनान्स कम्पनीहरुप्रति लगानीकर्ताको आकर्षण देखिएको छ । सोमबार सबैभन्दा धेरै बढ्नेमा माइक्रोफाइनान्स सूचक रह्यो ।
जुन सूचक अघिल्लो दिनको तुलनामा ५.५ प्रतिशत बढ्यो । यसरी माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण बढ्नुको एउटा कारण हो – धमाधम लाभांश घोषणा हुनु र कतिपयको अहिले सेयर किन्दा पनि घोषित लाभांश पाइनु ।
हालसम्म १२ माइक्रोफाइनान्स कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । यसरी लाभांश घोषणा गरेकामध्ये धेरैले सेयर बोनसलाई प्राथमिकता दिएका छन् । ७ माइक्रोफाइनान्स कम्पनीहरुले कर प्रयोजनका लागि मात्रै नगद लाभांश घोषणा गरेका हुन् ।
केही माइक्रोफाइनान्स कम्पनीहरुले लाभांश विना नै साधारणसभा बोलाएका छन् । गुराँस, युनिक नेपाल, लक्ष्मी लघुवित्त, सबैको, साधना, गणपती, फरवार्ड, उन्नती सहकार्य, सामुदायिक लघुवित्त, हिमालयन लघुवित्तले लाभांश नदिने घोषणा गरिसकेका छन् । केही माइक्रोफाइनान्स कम्पनीहरु लाभांश घोषणाको तयारीमा छन् । हाल बजारमा ५४ वटा माइक्रोफाइनान्स कम्पनीहरु सूचीकृत छन् ।
कुन माइक्रोफाइनान्स कम्पनीले कति घोषणा गरे लाभांश ?
माइक्रोफाइनान्स | सेयर बोनस प्रतिशत | नगद लाभांश प्रतिशत |
आरएसडीसी | ८.६ | ०.४५ |
स्वाबलम्बन | १२.३५ | ०.६५ |
एनआईसी एसिया | १५ | |
सपोर्ट | १३ | ०.६८ |
धौलागिरि | १४.२५ | ०.७५ |
आत्मनिर्भर | १० | ५ |
फर्स्ट | ७.५ | ७.५ |
साना किसान विकास | १४.२५ | ०.७५ |
समता घरेलु | ५.४२ | ०.२८ |
ग्लोबल आईएमई | १० | |
छिमेक | ५ | १० |
जीवन विकास | १४ | ०.७३ |
अहिले कुन कुन कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश ?
लाभांश घोषणा गरेका १२ मध्ये पनि ९ कम्पनीको अझै बुक क्लोज भइसकेको छैन । अर्थात् ९ कम्पनीको सेयर खरिद गर्नेहरु अझै पनि लाभांश पाउनका लागि योग्य छन् । जीवन विकास, छिमेक, आत्मनिर्भर, ग्लोबल आईएमई, समता घरेलु, साना किसान, धौलागिरि, सपोर्ट र फर्स्ट माइक्रोफाइनान्सको सेयर खरिद गर्नेहरु अझै लाभांशका लागि योग्य हुने छन् ।
बुक क्लोजको दिनभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गरेकाहरुले लाभांश पाउने र साधारणसभामा भाग लिने अधिकार राख्छन् । बाँकी ३ कम्पनी आरएसडीसी, स्वाभिमान र एनआईसी एसियाको भने बुक क्लोज भइसकेको छ, यी ३ कम्पनीको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् ।
सोमबार बजार बन्द हुँदा यी माइक्रोफाइनान्स कम्पनीको मूल्य :
माइक्रोफाइनान्स | प्रतिसेयर बजार मूल्य |
आरएसडीसी | ५५२ रुपैयाँ |
स्वाबलम्बन | ८४८ रुपैयाँ ८० पैसा |
एनआईसी एसिया | ६७८ रुपैयाँ |
सपोर्ट | ९८० रुपैयाँ |
धौलागिरि | ८६१ रुपैयाँ |
आत्मनिर्भर | १७८० रुपैयाँ |
फर्स्ट | ६९३ रुपैयाँ |
साना किसान विकास | ९९६ रुपैयाँ |
समता घरेलु | ६५३ रुपैयाँ |
ग्लोबल आईएमई | ८६५ रुपैयाँ ६० पैसा |
छिमेक | ९३० रुपैयाँ |
जीवन विकास | १४९६ रुपैयाँ |
प्रतिक्रिया 4