+

अलाभेजलाई ३ गोल हान्दै जिरोना फेरि शीर्ष स्थानमा

२०८० पुष  ३ गते ९:२१ २०८० पुष ३ गते ९:२१
अलाभेजलाई ३ गोल हान्दै जिरोना फेरि शीर्ष स्थानमा

३ पुस, काठमाडौं । ला लिगाको सरप्राइज प्याकेजको रुपमा रहेको जिरोनाले यस सिजन उत्कृष्ट लयलाई कायम राख्दै सोमबार राति अलाभेजलाई ३-० ले पराजित गरेको छ ।

यो जितपछि जिरोना रियल मड्रिडलाई पछि पार्दै फेरि शीर्ष स्थानमा फर्केको छ ।

घरेलु मैदानमा सानदार जित दिलाउन अर्टेम डोच्बाइकले २३औं र ५९औं मिनेटमा गोल गरे । यस्तै पोर्टुगुएज मानजानेराले ४२औं मिनेटमा एक गोल गरे ।

जितपछि १७ खेलबाट ४४ अंक जोड्दै जिरोना शीर्ष स्थानमा उक्लेको छ र रियलमाथि दुई अंकको अग्रता बनाएको छ ।

समान खेलबाट रियलको ४२ अंक छ ।

अहिलेसम्म मुख्य उपाधि जित्ने नसकेको क्यानटलान क्लब जिरोनाले छिमेकी बार्सिलोनामाथि ९ अंकको अग्रता बनाएको छ ।

जिरोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय