
३ पुस, काठमाडौं । हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँको १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।
जसमध्ये १० प्रतिशत बोनस सेयर र बाँकी ०.५२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । त्यस्तै पुस २६ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । पुस १२ गते बुक क्लोजको मिति तोकेको छ । पुस ११ गतेसम्म कायम सेयरधनीले लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4