
चोखो माया लाऊ भन्ने पनि धेरै छन्
यहीं घर बसाऊ भन्ने पनि धेरै छन्
सञ्चारकर्मी सहदेव चौधरीले लेखेका गीतका शब्द हुन् यी । प्रेमका आग्रह गरिएको भावको यो गीतमा संगीता राना प्रधानको स्वर समावेश छ । गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज छ ।
एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत-संगीततिर पनि चासो राख्छन् । ‘चोखो माया’ उनीद्वारा रचित पहिलो गीत हो ।
आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको गीतलाई एसियन म्युजिक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । हाललाई अडियो मात्रै सार्वजनिक गरिएको गीतको भिडियो चाँडै ल्याइने चौधरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4