
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन भएका छन् ।
२३० औं सञ्चालक समितिको बैठकबाट पौडेल अध्यक्षमा सर्व–सम्मत चयन भएका हुन् ।
एक कार्यक्रमका बीच पौडेलले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रबाट अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् ।
नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात नेपाल क्लियरिङ हाउसमा गरिंदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।
पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढी काम गरेको अनुभव छ ।
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4