+
+

मकवानपुर बहुमुखी क्याम्पस अब प्रादेशिक विश्वविद्यालय

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते २१:०५

३ पुस, काठमाडौं । बागमती प्रदेश सरकारले हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई ‘बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय’ बनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैैठकले प्रदेशको केन्द्रीय क्याम्पसको रुपमा उक्त क्याम्पसलाई विकास गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

‘आज यही निर्णयको लागि मात्रै प्रदेशको मन्त्रिपरिषद् वैठक बसेको थियो । जसरी कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस छ, त्यसरी नै बागमती प्रदेशको प्रदेश विश्वविद्यालय मकवानपुर बहुमुखी हुन्छ’ उनले भने । केही दिनमा नै कार्यालय स्थापना गरेर विश्वविद्यालयको लागि प्रक्रिया सुरु गरिने मुख्यमन्त्री जम्कट्टेलले बताए ।

मकवानपुर बहुमुखी क्याम्पसमा अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकमा मानविकी, वाणिज्य, शिक्षा र विज्ञान संकाय तथा स्नातकोत्तरमा वाणिज्य, मानविकी र शिक्षा संकाय पढाइ भइरहेको क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले जानकारी दिए ।

‘हामी सम्भवत विद्यार्थी संख्याका आधारमा प्रदेशकै सबैभन्दा ठूलो सामुदायिक क्याम्पस हुनुपर्छ, ३ महिना अगाडि सामाजिक विकास मन्त्रालयलाई विश्वविद्यालय बन्न योग्य भन्दै आवेदन पनि दिएका थियौं’, उपाध्यायले अनलाइनखबरसँग भने ।

उनका अनुसार अहिले मकवानपुर क्याम्पसमा ६ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । ‘सामुदायिक क्याम्पस भएकोले हामीलाई टियुको अनुमति, स्वीकृति चाहिँदैन, प्रदेशको विश्वविद्यालय बन्न क्याम्पस सञ्चालक समितिले नै निवदेन दिने निणर््य गरेको थियो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?