+

 यू-१९ राष्ट्रिय बास्केटबल : भ्याली पब्लिकको पुरुष टिम विजयी, महिला टिम पराजित

२०८० पुष  ४ गते ८:३६ २०८० पुष ४ गते ८:३६
 यू-१९ राष्ट्रिय बास्केटबल : भ्याली पब्लिकको पुरुष टिम विजयी, महिला टिम पराजित

४ पुस, काठमाडौं । भ्याली पब्लिकले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा विजयी सुरुआत गरेको   छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा  समूह एफको खेलमा भ्याली पब्लिकले काभ्रे बास्केटबल एकेडेमीलई ७२–५० ले पराजित गर्‍यो । भ्याली पब्लिकको जितमा प्रवीण गुरुङले २५ अंक योगादन गरे ।

महिला भने भ्याली पब्लिक पहिलो खेलमा आइएसएसँग पराजित भयो ।  सन्ध्या डंगोलको १४ अंक सहयोगमा आईएएस नेपालले भ्याली पब्लिकलाई ५०–२३ को फराकिलो अन्तरले हरायो ।

महिलाकै अर्को खेलमा जेभियर इन्टरनेसनल कलेजले गोल्डेनगेटलाई पराजित गर्‍यो ।

पुरुषको अन्य खेलमा स्नोल्यान्ड, रोयल र ग्रिनफिल्डले जित हात पारे । समूह बी को खेलमा स्नोल्यान्डले हाउन्ड्सलाई ४४–३६ ले हरायो । स्नोल्याण्डका गगन राईले १७ स्कोर गरे ।

समूह ए को खेलमा रोयलले जेभियरलाई ६८–४५ ले हरायो । रोयलका श्रीयुक्ता सोले १८ अंक जोडे ।

यस्तै समूह ई को खेलमा ग्रिनफिल्डले टाइमआउटलाई ७१–६१ ले हरायो । ग्रिनफिल्डका सोनम लामाले २३ अंक जोडे  ।

प्रतियोगिताको पूर्व बास्केटबल प्रशिक्षक इश्वरमान मालाकार र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगिताको पुरुषमा २० तथा महिलामा ५ टिम छन् । पुरुषमा सहभागीलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।

महिलाको प्रतिस्पर्धा सिंगल राउन्ड रोविनका आधारमा हुनेछ । लिगमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि भिड्ने छन् ।

दुवै समूहका विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् । पुरुष-महिलाका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल पुस १० गते हुनेछ ।

 

बास्केट बल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय