+
+
काठमाडौं तराई मधेश द्रुतमार्ग :

निजगढ इन्टरचेन्जको डिजाइन परिवर्तन गर्न प्राधिकरणको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १२:५४

४ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले द्रुतमार्गको निजगढ इन्टरचेन्जको डिजाइन परिवर्तन गर्न प्रस्ताव गरेको छ । यसले इन्टरचेञ्ज निर्माणमा दुविधा उत्पन्न भएको नेपाली सेनाले जनाएको छ ।

संसदको राज्य व्यवस्था समितिले बुधबार काठमाडौं तराई मधेश द्रुतमार्गबारे छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्माका साथै आयोजानाका अधिकारीहरुलाई बोलाएको थियो ।

अहिलेसम्म भएका काम र अबका चुनौतीबारे जानकारी गराउँदै योजना तथा डिजाइन महाशाखा प्रमुख एवं प्राविधिक महासेनानी भरतलाल श्रेष्ठ प्राधिकरणको प्रस्ताव अनुसार इन्टरचेन्ज बनाउँदा लागत बढ्ने बताएका छन् ।

जग्गा अधिग्रहण तथा रुख कटान पनि बढ्ने र आयोजनाको समयावधि प्रभावित हुने भएकाले सरकारले तत्काल निर्णय गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?