+
+

सामान्य प्रशासनले माग्यो नासु र खरिदारको रिक्त विवरण

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १५:०५

४ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ दिनभित्र नायब सुब्बा र खरिदारको रिक्त विवरण माग गरेको छ ।

मन्त्रालयले राष्ट्रिय किताबखाना र निजामती अस्पतालाई पत्र लेख्दै राजपत्र अनंकित प्रथम र दोस्रो श्रेणीका प्राविधिक र अप्राविधिक दुवै तर्फको रिक्त कर्मचारीहरुको विवरण माग गरेको हो ।

यस अगाडि लोकसेवा आयोगको काठमाडौं कार्यालयले १० मंसिरमा अदालत,आयोग, मन्त्रालय, विभाग लगायतसँग नासु र खरिदारको रिक्त पदको विवरण मागेको थियो ।

आयोगले रिक्त पदको लागि विज्ञापन हुनुभन्दा १५ दिन अगाडि नै विवरण बुझाईसक्नुपर्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?