+
+

माओवादी केन्द्रको सचिवालय बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १५:३३

४ पुस,काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठक बिहीबार बिहान ८ बजे बस्ने छ ।

पार्टी उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण आजको बैठक स्थगित भएको हो ।

मंगलबारदेखि सुरु भएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठकमा माओवादीले जारी ‘जनतासँग माओवादी अभियान’ को समीक्षा, आगामी राष्ट्रिय सभा निर्वाचन, विधान सम्मेलन, नेपाल समाजवादी पार्टीसँगको एकता र केन्द्रिय समिति बैठकका विषयमा छलफल गरिरहेको छ ।

मंगलबार १० वटै प्रदेश कमिटीका इन्चार्जहरू रिपोर्टीङ राख्ने काम सकिएको र त्यस विषयमा बिहीबारको बैठकले छलफल गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?